arrow

अध्यक्षले युवाको भविष्य वर्वाद पारे, तत्काल महाधिवेशन गर्नुपर्छ –पर्शुराम बस्नेत (अन्तर्वार्तासहित)

logo
प्रकाशित २०७४ माघ २६ शुक्रबार
parshuram-basnet.jpg

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल (युथ फोर्स) को महाधिवेश तत्काल गर्न आवाज बढेको छ । 

अध्यक्ष राजीव पहारीले ६–६ वर्षसम्म युवा संघलाई कोमामा राखेको भन्दै सचिव पर्शुराम बस्नेतले तत्काल महाधिवेशन गर्न माग गरेका हुन् । 

हाम्राकुराले गरेको संक्षिप्त कुराकानी–

अहिले नै महाधिवेशन गर्न माग गर्नुको कारण के होला ? 

युवा संघको महाधिवेशन ६ वर्षदेखि भएको छैन । नेतृत्वको असक्षमताले युवाहरुको भविष्य अन्योलमा परेको छ । अब यस्तो हुन्न । युवाको भविष्य अन्धकार पार्ने अधिकार कसैलाई छैन । 

अध्यक्षकै कारण महाधिवेशन हुन नसकेको हो त ? 

हो नि । अध्यक्षलाई पटक पटक महाधिवेशनका लागि आग्रह गर्दा उहाँले हुन्छ गर्नुभयो । पटक पटक घोषणा पनि गर्नुभयो । तर उहाँ कहिल्यै गम्भीर पनि हुनु भएन । 

महाधिवेशनको माग कतै तपाईँको मात्र त हैन ? 

मैले चाहेर हुने होइन । यो त देशभरिका ७७ वटै जिल्ला र ७५३ स्थानीय तह र केन्द्रीय कमिटिको माग हो । सबै युवा आक्रोशित छन् । 

तपाईं पनि त पदाधिकारीमा हुनुहुन्छ । दोष किन अध्यक्षलाई मात्र ? 

जिम्मेवार म पनि छु । मैले सबै दोष अध्यक्षलाई लगाएको हैन । तर ५० प्रतिशत भागेदार अध्यक्ष हुँदोरहेछ । मैले त दोष भागबण्डा लगाऔं भनेकै छु । दोष अनुसारको भागेदार त हुनु पर्यो नि । भागेर हुन्छ र ? अध्यक्ष त महाधिवेशन गर्ने भन्नुुहुन्छ अनि भाग्नुहुन्छ । ६ वर्षसम्म केही काम पनि भएन । 

अध्यक्षलाई बढी टार्गेट किन ? 

हेर्नुस् मैले त युवाको भविष्य खोजेको हुँ । मेरो व्यक्तिगत रुपमा अध्यक्षसंग कुनै रीसराग छैन । उहाँको पनि मसंग छैन । हाम्रा कारणले युवाहरुको भविष्य अन्धकार हुनुहुन्न भन्ने हो । 

कहिलेसम्म होला त महाधिवेशन ? 

एक महिनाभित्र महाधिवेशन हुनुपर्छ । 

सम्भव छ ? 

किन छैन ? छ नि । नयाँ सरकार गठनको प्रक्रिया फागुन १२ सम्म सकिइसक्छ । फेरि युवासंघका धेरै सरकार गठनको प्रक्रियामा कुँद्नु पनि पर्दैन । युवासंघबाट धेरै सांसद भएका भए पो असर पर्ला भन्नु । फागुन १२ पछि त यसै पनि सबै खाली हुन्छन् । सरकारमा जाने कुराले र पार्टी एकताको बहानाले महाधिवेशन रोकिँदैन । रोक्नु हुँदैन । अध्यक्षले युवाको भविष्य बर्बाद पारेकै हो यसलाई सच्याउन जरुरी छ । महाधिवेशन अब कुनै पनि बहानामा रोकिनु हुन्न ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ