arrow

उपक्षेत्रीय अस्पतालमा दर्बन्दि अनुसार चिकित्सक नहुँदा उपचारमा समस्या

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २६ शुक्रबार
hospital1.jpg

वीरगन्ज । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा विषेशज्ञय चिकित्स नहँदा विरामीले उपचारमा समस्या खेप्नु परेको छ । दर्बन्दि अनुसारको विषेशज्ञय चिकित्स उपक्षेत्रीय अस्पतालमा नहुँदा उपचारका लागि अस्पताल आउने विरामी गुणस्तरीय सेवा पाउनबाट बन्चित भएका हुन ।

  बारा,पर्सा,रौतहट, सर्लाही र सिमावर्ती भारतीय सहर समेतबाट उपचारकालागि आउने विरामीले चिकित्सक अभावको कारण दुई- तीन दिनसम्मा अस्पताल धाउनु परेको छ । स्वास्थ्य सम्बन्धि जटिल रोगको उपचारका लागि अस्पताल आउने विरामी विषेशज्ञय चिकित्सक अस्पातलमा नहँदा निजी क्लिनिकमा मँहगो उपचार गराउन बाध्य भएका छन् ।

प्रथम तथा दृतीय श्रेणिमा ४७ जना विषेशज्ञय चिकित्सकको दर्बन्दि अस्पतालमा भएपनि हाल १७ जना चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । एक सय शैयाको दर्बन्दि रहेको उपक्षेत्रीय अस्पतालमा हाल २ सय ५० शैयाको सेवा प्रदान गरिएको र एक सय ७३ जनाको दर्बन्दि मध्य अस्पतालमा मात्र ७७ जना कार्यरत रहेकाले माग अनुसारको सेवा प्रदान गर्न नसकिएको अस्पतालका मेडिक सुपरिटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालय तथा लोकसेवा आयोगलाई दर्बन्दि अनुसारको जनशक्ति उपलब्ध गराउन पटक–पटक लिखित अनुरोध गरेपनि हालसम्म कुनै सुनुवाइ नभएको बताए ।

दैनिक एक हजार भन्दा बढी विरामीलाई सेवा प्रदान गर्दै आएको उपक्षेत्रीय अस्पतालमा विषेशयज्ञ चिकित्सक मात्र नभई स्टाफ नर्स समेत दर्बन्दि भन्दा एकदमै कम रहेको मेसु हकले जानकारी दिए । उनले उपक्षेत्रीय अस्पतालमा ४० जना स्टाफ नर्सको दर्बन्दि भएपनि हाल १५ जनाले मात्र सेवा प्रदान गरिरहेकाले विरामीको उपचारमा समस्या भएको र यस वारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउदा समेत हालसम्म समस्या समाधान नभएको  बताए ।

विभिन्न नर्सिङ्ग क्याम्पसबाट अध्ययनका लागि अस्पतालमा आउने स्टाफ नर्स र अस्पताल विकास समितिको तर्फबाट करारमा राखिएका चिकित्सक कै भर विरामीको चापलाई धान्दै आएको मेसु हकको भनाइ रहेको छ । उनले उपक्षेत्रीय अस्पतालमा कामय रहेका दर्बन्दि अनुसारको जन शक्ती सरकारले चाँडो व्यवस्था नगरे विरामीको चाप अधान्न नसकिने जानकारी दिए ।

छिमेकी चार जिल्ला र सिमावर्ती भारतीय सहरका विरामी समेतको चाप रहेको उपक्षेत्रीय अस्पतालमा समान्य देखी जटिल रोगका उपचारका लागि उपकरण सरकारले उपलब्ध गराएपछि आवश्यक जन शक्ति नभएको कारण क्षमता अनुसारको सेवा विरामीलाई दिन नसकिएको मेसु हकले बताए ।

चालु आर्थिक वर्षको ६ महिनामा उपक्षेत्रीय अस्पतालले ५१ हजार ९२ जना महिला र ४०  हजार १०२ जना पुरुष गरी जम्मा ९१ हजार १९४ जना विरामीलाइ उपचार  सेवा उपलब्ध गराएको मेसु हकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ