arrow

राजपा र फोरमले प्रधानमन्त्रीसमक्ष भाग मागे

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
Madeshi-Morcha-Meeting.jpg.jpeg

काठमाडौं। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि तीन जनाको नाम सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। सरकारको सिफारिसमा एक महिलासहित तीन जनालाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफ्नो दललाई दिनुपर्ने माग राखेका छन्। स्रोतका अनुसार सरकारले सिफारिस गर्ने तीन जनाको एक/एक सिट आफूहरुले पाउनुपर्ने माग राजपा र फोरमका नेताहरुले प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।

प्रदेश २ राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने बेलामा नेपाली कांग्रेससँग भएको वार्तामा फोरम र राजपाले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले सिफारिस गर्ने कोटामा एक/एक सिट आफूहरुले पाउनुपर्ने प्रस्ताव राखेका थिए। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ