arrow

२ नम्बर प्रदेशको मुख्यमन्त्री फोरमकाे भागमा, राजपाले सभामुख लिने

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
upendra-_mahantha.jpg

काठमाडौं । राष्ट्रिय मार्टीको मान्यता पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच प्रदेश २ को सरकार गठनबारे समति भएको छ ।

प्रदेश मन्त्रिपरिषद गठन गर्न दुई पार्टीबीच भएको सहमति अनुसार मुख्यमन्त्री फोरमले पाउने भएको छ ।

फोरमले मुख्यमन्त्री र उपसभामुख तथा तीन मन्त्रालय पाउनेछ भने, राजपाले सभामुख र तीन मन्त्रालय लिने भएको छ ।

फोरमसँग मुख्यमन्त्री, उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति पत्रमा उल्लेख छ ।

राजपाले सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ ।

हस्तलिखित सहमतिपत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ