arrow

मन्त्रालयका विभाग राख्न भवनको खोजी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २७ शनिबार
pokhrel1.jpg

बुटवल ।  प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा मन्त्रालय व्यवस्थापनका लागि भवनको टुंगो लागेसंगै मन्त्रालयका विभिन्न विभागका लागि भवनको खोजी गर्दै निरीक्षण गरिएको छ । मन्त्रालयका विभागहरू छुटाएर जनतालाई पायक पर्ने स्थानमा राख्नका लागि भवनको खोजी भएको हो ।

त्यससंगै मुख्यमन्त्री, प्रदेश प्रमुखको निवासका लागि पनि विकल्प खोजिएको छ । प्रदेश नं. ५ का सचिव शंकर पाठक, मुख्यमन्त्रीका एक्ला दावेदार एमाले नेता शंकर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, प्रमुख सचेतक भुमिश्वर ढकालसहितको टोलीले विभिन्न मन्त्रालयका भवन र विभागका लागि उपयुक्त भवन निरीक्षण गरेका हुन् ।

 श्रम कार्यालय, यातायात व्यवस्था कार्यालय लुम्बिनी, सीप विकास केन्द्र, तिलोत्तमामा रहेको राममणि क्याम्पसको विज्ञान संकाय भवन, मंगलापुरमा रहेको कृषि तालिम केन्द्र र बुटवल माविको भवनमा उक्त टोलीले निरीक्षण गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मन्त्रालयका विभागका लागि आवश्यक स्थानको निरीक्षण गरिएको बताए ।

भवनहरूको निरीक्षण गरिएपनि अहिले कुन विभाग कुन स्थानमा राख्ने भन्नेबारे निर्णय भने भइसकेको छैन । मन्त्रालयबाटै सम्पूर्ण कार्य नहुने भन्दै त्यसका लागि जनताको सहजता हेरेर विभागहरू राखिने तयारी गरिएको छ । भैरहवामा विभाग र अन्य मन्त्रालय राख्दा काम गर्न असहज हुने भएकाले तिलोत्तमा सम्ममा विभागहरू राख्ने तयारी गरिएको छ । एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले दुई-तीन दिनभित्रमा विभाग कहाँ राख्ने भन्ने छलफलबाट टुंगाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ