arrow

वल्ड क्रिकेट लिगः खेल्दै नेपाल र युएई, दबाब बढ्दो 

logo
प्रकाशित २०७४ माघ २८ आइतबार

काठमाडौं । नामिबियामा जारी बल्ड क्रिकेट लिग डिभिजन टु को तेस्रो खेलमा नेपालले युएईसंग खेल्दैछ । 

आइतबार दिउँसो १ः१५ मा मैदानमा उत्रदा नेपाल कुनै पनि हालतमा जित्नुपर्ने दबाबमा हुनेछ । नेपालले ६ राष्ट्र सम्मिलित यो प्रतियोगिताको शिर्ष दुई मा परेर विश्वकप छनोट खेल्ने सम्भावना राख्नका लागि युएईलाई हराउनै पर्ने छ । 

नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने ओमनसंग हार ब्यहोरेको थियो । 

अहिलेसम्म २–२ खेलबाट क्यानडा ४ अंकसहित शिर्ष स्थानमा छ । युएई, नेपाल र ओमनको क्रमशः२–२ अंक छ । 
नामिबिया र केन्या पुछारमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ