arrow

एमाओवादीले उपराष्ट्रपतिमा उमेद्वारी दिने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1229556787.jpeg
काठमाडौँ। सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । 
 
सो पार्टीको आज बसेको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन । 
 
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने राससलाई जानकारी दिनुभयो । 
 
“राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेदवारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्छ”– उहाँले भन्नुभयो। 
 
पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चलेपनि सोको टुङ्गो लागिसकेको छैन । 
 
पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेदवार उठाउने पनि बताइएको छ । एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्ने तयारी गरेपछि एमाओवादीले उपराष्ट्रपतिमा आफ्नो सिट सुरक्षित बनाउने प्रयास शुरु गरेको हो। यद्यपी निर्वाचन प्रक्रिया शुरु हुनु अघी को उमेद्वार बन्ने बारेमा अझै द्धिविधा कायमै छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ