arrow

पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
dormani.jpg

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आइतवार अपराह्न १ बजे दर्ता गरिएको छ ।
 
नेकपा एमालेका रामेश्वर फुयाँल (काठमाडौँ) प्रस्तावक र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ ।

तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख चलाएका पौडेल शुक्रबार एमाले ३ नं प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । उनि नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ