arrow

प्रदेश ६ को सभामुखमा एमालेका शाहीको एक्लो उम्मेदवारी

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
rajbahadur-sahi.jpg

सुर्खेत । प्रदेश नं ६ का सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ ।

प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आइतवार अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उनको उम्मेदवारी सोमबार अपराह्न १ बजे बस्ने प्रदेशसभा संसद्को बैठकमा निर्णयार्थ पेश हुने निर्वाचन अधिकृत तथा ६ नं प्रदेशसभा संसद् सचिवालयका सचिव खड्काले बताए ।

सभामुखको उम्मेदवारीका बारेमा आजै दावी विरोधको समय तोकिएको संसद् सचिवालयले जनाएको छ । वाम गठबन्धनका तर्फबाट एमालेबाट प्रस्तावित दैलेख २ (क) का सांसद शाहीलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरेको छ । प्रदेश नं ६ मा नेपाली काँग्रेसका तर्फबाट सभामुखमा उम्मेदवारी नदिइने निर्णय भएको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।
शाहीको उम्मेदवारीमा एमाले पोलिटब्यूरो सदस्य तथा सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला प्रस्तावक र माओवादी केन्द्र स्थायी समिति सदस्य तथा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही समर्थक रहेका छन् ।

प्रदेश नं ६ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार गठन हुने र प्रदेशको सभामुख एमालेले लिने वाम गठबन्धनबीच सहमति भएको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका स्थायी समिति सदस्य तथा कालीकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुरलाई मुख्यमन्त्री बनाउने गरी दलको नेतामा चयन गरिसकेको छ ।

सभामुखमा उम्मेदवारी दिएका महेन्द्रबहादुरका पक्षमा ३४ सांसदको समर्थन छ । सो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एक गरी ४० सांसद छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ