arrow

फेरि बोले प्रचण्डले उही कुरा– ‘जस्तोसुकै फड्को मार्न सक्छु’

logo
प्रकाशित २०७४ माघ २८ आइतबार
Prachanda_new1.jpg

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एउटै कुरा दोहोर्‍याएका छन् । फेरि पनि उनले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै फड्को मार्न सक्ने बताए ।

शनिबार मात्रै गृहजिल्लामा अध्यक्ष दाहालले ‘मलाई व्यंग्य गर्न आवश्यक छैन । म अहिले जहाँनेर छु, त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै मान्दिनँ’ भनेका थिए ।

आइतबार प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन, भने ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको फड्को मार्ने अभिव्यक्ति आएपछि राजनीतिक वृत्तमा तापक्रम बढेको थियो ।

दाहालले दुई पार्टी एकीकरणका सन्दर्भमा बोल्दै,  ‘म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् । पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु’ भने ।

खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिता उनले उद्घाटन गरे । शनिबार उनले एक धार्मिक समारोहको उद्घाटन गर्दै फड्को मार्ने कुरा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ