arrow

लुम्बिनी अञ्चलमा एनआईसी एशियाका खुले ९ नयाँ शाखा

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
nic-asia-bank.gif

काठमाडौं ।  लुम्बिनी अञ्चलमा एनआईसी एशिया बैंकले ९ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ । बैकका  नवलपरासी जिल्लाको ४ स्थानहरुमा अमरापुरी स्थित अमरापुरी शाखा, गोपीगंज स्थित गोपीगंज शाखा, दुम्कीबास स्थित दुम्कीबास शाखा र अरुणखोला स्थित अरुणखोला शाखा रहेका छन् ।

 साथै रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पामा शंकरपुर शाखा, सैनामैना न.पा. मुर्गिया शाखा र तिलोत्तमा न.पा.  मणिग्राम ४ नम्बर शाखा र कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पामा ईमिलिया शाखाको आइतवार एक कार्यक्रमवीच उद्घाटन भएको कम्पनीले जनाएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ