arrow

पूर्व प्रधानमन्त्री जियाको रिहाइका पक्षमा हजारौँ नागरिक प्रदर्शनमा

logo
प्रकाशित २०७४ माघ २९ सोमबार
khaleda-zia_34_0.jpg

ढाका, बङ्गलादेश । बङ्लादेशको प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको रिहाई गरी स्वच्छ तथा निष्पक्ष निर्वाचनको आह्वान गर्दै हजारौँ समर्थक तथा प्रशंसकले देशका प्रमुख शहरहरूमा सोमबार प्रदर्शन गरेका छन् ।

मुशलमान बाहुल्य १६ करोड जनसङ्ख्या भएको मुलुकमा दुई पटकसम्म प्रधानमन्त्री बनेकी पूर्व प्रधानमन्त्री जियालाई भ्रष्टाचार तथा आर्थिक अपचलन गरेको अभियोगमा गत हप्ता अदालतले दोषी ठहर गरेपछि पक्राउ गरी जेल चलान गरिएको थियो ।
 
नेतृ जियालाई पाँच बर्षको जेल सजाय हुनेगरी गत हप्ता यहाँको अदालतले फैसला सुनाएको थियो । तर उनका समर्थकले अदालतको उक्त निर्णय राजनीतिक उद्देष्यबाट अभिप्रेरित भएको भनी उक्त आदेश मान्न नसक्ने बताएका छन् ।

बङ्गलादेश नेशनलिष्ट पार्टी (बिएन्पी) ले जिया विरुद्ध आएको हालैको फैसलामा पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । तर उक्त दलले जिया विरुद्ध अदालतबाट आएको उक्त निर्णयले आगामी डिसेम्बरमा हुनेगरी तय भएको संसदीय निर्वाचनमा प्रवाभ पार्ने देखेको छ ।

बिएन्पी समर्थक हजारौँ नागरिकले ढाकास्थित जेलमा रहेकी जियाको रिहाइको पक्षमा देशैभर प्रदर्शन गरिरहेका छन् ।

“हामीले जियाको तत्काल रिहाई तथा स्वच्छ तथा निष्पक्ष निर्वाचन चाहन्छौ,” बिएनपी महासचिव फाखरुल इश्लाम अलामगिरले करिब पाँच हजार प्रदर्शनकारी रहेको नेशनल प्रेस क्लब ढाकामा एएफ्पीसँग गरेको कुराकानीका क्रममा बताए ।
 
बहत्तर बर्षीया जियाको विरुद्धको फैसलामा पुनरावेदन भएमा उनि धरौटीमा रिहा हुने अपेक्षा गरिएको छ । तर उनलाई सत्ताधारी दलले अन्य आरोपमा पुनः पक्राउ गरी उनको ख्यातीमा दाग लगाउने खेल हुनसक्ने विपक्षी दलका समर्थकबीच भय छ । जियाविरुद्ध दर्जनौँ अपराध तथा भ्रष्टचारका आरोप लगाइएका छन् । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ