arrow

नेतृत्व छाड्न कमल थापालाई पूर्वराजाको सुझाव, किन ? अब को ? 

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
x-king-kamal-thapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई नेतृत्व छाड्न सुझाव आएको छ । थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीको नेतृत्व छाड्न सुझाव दिएको खुलासा भएको हो । उच्च स्रोतका अनुसार उपप्रधानमन्त्री समेत रहेका थापाले पटक पटक पूर्वराजालाई भेट्न खोजे पनि काठमाडौंमा भेट पाएका थिएनन् । 

त्यसपछि उनी पूर्वराजा मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका बेलामा राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणामार्फत भेट गर्न सफल भए ।  पुसको तेस्रो साता भएको भेटमा पूर्वराजाले कमल थापालाई पार्टीको नेतृत्व छाडेर संगठनमा लाग्न सल्लाह दिएका हुन् ।  धवलशमशेरले पटक पटक आग्रह गरी कमल थापासंग पूर्वराजाले भेट गरेका थिए । 

कमल थापाका कारण राप्रपाले पराजय बेहोरेको र मुद्दा पनि अलमलमा परेको भन्दै पूर्वराजाले कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएका हुन् ।  स्रोतका अनुसार अहिले बुद्धिमान तामाङलाई कार्यबाहक दिएर कार्यकर्ता संगठित गरी चुनावी महाधिवेशन गर्न पनि सुझाव दिइएको छ । 

किन यस्तो भयो ? 
नेपालमा झण्डै एक लाख २० हजार कट्टर राजाबादी छन् । उनीहरु हिन्दूबादी पनि हुन् । तसर्थ अहिले एक लाख २० हजारलाई एक ढिक्का गर्न सक्ने हो भने यो क्रम हरेक वर्ष दोब्बर भएर जानेछ । 

कमल थापाले राजतन्त्रको मुद्दा पनि छाड्दै गएको र हिन्दूधर्मप्रति पनि कटिबद्ध हुन नसकेपछि यस्तो सुझाव दिएको बताइन्छ । राजावादीहरु र हिन्दूबादीहरु यो कोर कार्यकर्तालाई गुमाउन नचाहने भएकाले कमल थापालाई ब्याक गराएर भए पनि पार्टी सशक्त बनाउने अभियानमा पूर्वराजाले सल्लाह दिएको उच्च स्रोतको दावी छ । 

को आउने सम्भावना ? 
कमल थापाले छाडेका खण्डमा पशुपति शमशेर राणा पनि राप्रपामा मिल्नका लागि तयार रहेको स्रोतको दावी छ । कमल थापाले चिँढाएको भन्दै कशेरबहादुर बिष्ट, डा प्रकाशचन्द्र लोहनीपछि पशुपतिशमशेरले पार्टी छाडेर अर्को पार्टी गठन गरेका थिए । 

कहिले होला यो कार्य ? 
स्रोत भन्छ नयाँ सरकार गठनपछि नै यो कार्यको थालनी हुनेछ । कमल थापाले सरकार छाडेपछि गम्भीर भएर यस विषयमा लाग्ने र उनले सहजीकरण गरिदिने उच्च स्रोतको दावी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ