arrow

मुलुकमा स्थायी सरकार आउँछ, लगानीको वातावरण बन्छ : चन्द्रप्रसाद ढकाल

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
chandra2.jpg

लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएपछि पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन् ।

जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पुर्‍याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए ।

लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको रुपमा ढकाल सम्बोधन गर्दै थिए ।

लमजुङ्ग  जिल्ला अपार जलश्रोतले सम्पन्न भएको र त्यसलाई  उपयोग गर्नुपर्नेमा जोड दिँदै  उनले नेपालकै विकासका लागि जलविधुतमा लगानी बढाउनु पर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ