arrow

आफ्नै गुरु मोहन बैद्यले प्रचण्डमाथि लगाए गम्भीर आरोप

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
Mohan-baidya.jpg.jpeg

काठमाडौं । प्रचण्डले आफ्नो राजनीतिक गुरु मान्ने नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले प्रचण्ड र बाबुराम भट्टराई जनयुद्धका नायकबाट खलनायक बनेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै बैद्यले यस्तो आरोप लगाएका हुन् । 

फाल्गुन १ गते मनाईने गरेको जनयुद्ध दिवसको अवसरमा नेकपा ९क्रान्तिकारी माओवादी० र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रममा बैद्यले अहिले प्रचण्ड र बाबुराम भट्टराईमा कम्युनिष्ट विचारधारा मात्रै नभएर कम्युनिष्ट नामको सानो कणपनि नरहको भन्दै उनीहरु अहिले नायकबाट खलनायकमा घटुवा भएको आरोप समेत लगाएका छन् । 

बैद्यले यो चुनावमा जनताले बाम गठबन्धनलाई नभई कम्युनिष्टहरुलाई मत दिएको र गठबन्धनले कम्युनिष्ट सिद्धान्त अनुसार चल्न नसक्ने दाबी पनि गरे । यो फाल्गुन १ गते माओवादीहरुले २३ औं जनयुद्ध दिवस मनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ