arrow

धेरै सोझो बन्दा यसरी फसे सशस्त्रका आईजी

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
singhbahadur_shrestha.jpg

काठमाडौं । धेरै सोझो बन्ने र आफ्ना सहयोगीहरुलाई बढी विश्वास गर्ने परिपाटीका कारण सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठको कार्यक्षमता माथि नै प्रश्न चिह्न खडा हुन थालेको छ । व्यक्तिगत रुपमा कलंकको टिको नलागेपनि आफ्ना सहयोगी र आफू भन्दा तल्लो तहका प्रहरी अधिकारीहरुले दिएको गलत सल्लाहको शिकार अहिले श्रेष्ठ बन्ने गरेका छन् । उनीहरुले दिएको गलत सुझावलाई शिरोधार्य गरेर अघि बढ्दा श्रेष्ठको कार्यसम्पादन क्षमतामाथि नै प्रश्न चिह्न खडा हुन थालेको छ । 

पाँच जना एआईजी थप्ने विषयमा विवादित बन्दा बन्दै पनि एआईजी थप गरेर संगठनलाई बोझिलो बनाएका श्रेष्ठको पछिल्लो सीमा सुरक्षा कार्यालय र विओपी हटाउने प्रस्तावले झनै उनीप्रतिको नकारात्मक भावलाई पश्रय दिएको छ । विवादका बाबजुत पनि सो प्रस्ताव अहिले गृहमन्त्रालयमा पुर्याईसकिएको सशस्त्र स्रोतले जनाएको छ । 

श्रेष्ठले सशस्त्र भित्र शक्तिशाली शाखाको रुपमा रहेको सीमा सुरक्षा कार्यालय हटाउने विषयमा एआईजी प्रेमकुमार शाहीको संयोजकत्वमा एउटा समिति पनि बनाएका थिए । तर, सो कार्यालय हटाउने विषयमा सशस्त्र भित्रै असन्तुष्टि बढेपछि संयोजक शाही सहित सदस्यहरु प्रकाश ओझा र अर्का एआईजी शैलेन्द्र खनालले सो प्रस्तावको विरोध गरेका थिए । तर, श्रेष्ठलाई अर्का एआईजी पुष्पराम केसी नेतृत्वको समूहले यस्ता विषयमा सल्लाह सुझाव दिँदै आएका छन् 

सशस्त्रको २१ वटा सीमा सुरक्षा कार्यालयहरु रहेका छन् । त्यसमध्ये २० वटा भारतसँगको सीमामा पर्दछ भने एउटा चीनसँग जोडिएको छ । अहिले थपिएका ५ जना एआईजीहरुलाई जिम्मेवारी दिनको लागि यी कार्यालयहरु हटाउने प्रयास गरिएको आरोप सशस्त्रभित्रै लाग्ने गरेको छ । उनीहरुलार्इ जिम्मेवारी दिनको लागि प्रहरीको पुनर्स‌रचना गर्दा यस्ता कार्यालयहरु हटाउन लागिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ