- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले एक दिवसिय क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकालाई उसकै भुमिमा हराएर श्रृंखला जितेको छ ।
६ खेलको श्रृंखलामा मंगलबार राति पाँचौं खेल जितेर भारतले एक खेल भन्दा अगाडि नै श्रृंखला ४–१ ले जितेको हो ।
भारतले पाँचौं खेल ७३ रनले जित्यो । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनायो ।
पोर्ट एलिजावेथ मैदानमा भएको खेलमा रोहित शर्माले १२६ बलमा ४ छक्का र ११ चौकाको सहयोगमा ११५ रन बनाए ।
जवाफमा दक्षिण अफ्रिकाले ४२.२ ओभरमा अलआउट भएर मात्र २०२ रन जोड्न सक्यो ।
ओपनर हसिम अम्लाले ७१ रन जोडे पनि टिमलाई भने जिताउन असफल रहे ।
कुलदीप यादव, हार्दिक पाण्डेया र युजवेन्द्र चाहलले २–२ विकेट लिए ।
म्यान अफ् द म्याच बनेका रोहित शर्माले आफ्नो वान डे करिअरमा १७ औं शतक हानेका हुन् ।
अन्तिम तथा छैटौँ खेल १६ फ्रेब्रुअरीमा हुनेछ ।