arrow

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २ बुधबार
purna-bahadur-gharti.jpg

बुटवल । प्रदेश नम्बर ५ को बुधबार भएको दोस्रो बैठकबाट प्रदेशसभा ५ को सभामुखमाा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती  निर्विरोध चयन भएका छन् ।

सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।

बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ