arrow

अाेली र प्रचण्ड दुबै अध्यक्ष हुने

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
oli-prachanda.jpg

ललितपुर । एमाले स्थायी कमिटी बैठले दुुबै नेतालाई अध्यक्ष बनाउने निर्णय गरेको छ । यसअघि दुई नेताबीचको एक्ला एक्लै वार्तामा सह–अध्यक्षको भूमिकामा रहने सहमति भएको बताइएको थियो ।

तर,स्थायी कमिटीले दुबैलाई अध्यक्षको हैसियतमा राख्ने र सामूहिक नेतृत्वबाट जाने निर्णय गरेको  बैठकमा सहभागि नेता भीम रावलले जानकारी दिए । पार्टी एकताको विषयमा अब माओवादीसँग कुरा गरिने भएको छ । प्रचण्ड पनि मानभवन पुगेका छन् ।

यस्तै, एमाले स्थायी कमिटिले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने र माओवादीको समर्थनमा दावी पेश गर्ने निर्णय गरेको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दावी पेश गर्ने बताइएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी उम्मेदवारको अन्तिम नामावली आएको छैन भने, सपथ पनि हुन बाँकी छ ।

अब निर्वाचन आयोगले प्रतिनिधिसभाको पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएपछि संघीय संसदले पूर्णता पाउने छ । त्यसपछि नयाँ सरकार गठन सुरु हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ