arrow

ईन्फोटेकको दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता

करिब नब्बे हजार अवलोकनकर्ताहरुद्वारा अवलोकन, भोलि बिजनेश डे

logo
प्रकाशित २०७२ माघ १६ शनिबार
CAN.jpg.jpeg
काठमाडौ ।  राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधिको कुम्भमेला “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” को आज दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको क्यान महास‌‌घले जनाएको छ  । इन्फोटेकको शुक्रवार पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरे भने आज दोश्रो दिन ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका छन् । आज सम्ममा कुल एक लाख चौविस हजार तिन सय जनाले मेलाको अवलोकन गरेका छन् । 
 
 
“सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी अफर, केवल ईन्टरनेट एण्ड क्लियस टिभी कम्बो अफर, फिफ्ट ईन्टरनेट एण्ड क्लियर टिभी कम्वो अफर ल्याएको छ त्यसैगरी वेबसर्फरले ट्रिपल डाटा अफर, निःशुल्क जडान ४ जिवी सम्म टपअप सुविधा ल्याएको छ । त्यस्तै वल्र्डलिंकले पनि ट्रिपल डाटा अफर, नगद छुट, एक वर्षे प्याकेजमा वेबक्याम तथा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । भायनेटले ४ हजार ९ सय ९९ रुपैंयामा ईन्टरनेट प्याकेज उपलब्ध गराउनुका साथै निःशुल्क जडानको सुविधा प्रदान गरेको छ ।  
 
ईन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले सार्वजनिक गरेको विभिन्न फिचरजडित सिसिटिभीहरु ल्याएको छ ।  ईन्फोटेकमा सहभागि एसोसरिजका स्टलहरु पनि भरिभराउ देखिएका छन् । पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, म्युजिक साउन्ड सिष्टमका स्टलहरु अवलोकनकर्ताहरु बाक्लै भिड देखिन्थ्यो । त्यस्तै  स्मार्टफोन-ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीका स्टलहरुमा पनि अवलोकनकर्ताहरुको आकर्षणको बिषय रह्यो ।  
 
लोडसेडिङको अन्धकारमा रहेका अवलोकनकर्ताहरुको आकर्षण भने जेनेरेटर, ब्याट्री, सोलार, युपीएस लगायतका स्टलमानै देखियो । त्यसतै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । 
 
क्यानले भोलि माघ १७ गतेलाई भने विजनेश डेको रुपमा घोषणा गरिएको छ ।  भोलिको लागि प्रवेश शुल्क सय रुपैया तोकिएको क्यानले जनाएको छ । ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्यानका महासचिव बिश्वराम बलामीले जनाए  । क्यानले १८ र १९ गते होटल याक एण्ड यति होटलमा  सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले आइसीटी सम्मेलन गर्ने भएको छ ।   इन्फोटेक आगामी २० गतेसम्म संचालन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ