arrow

देउवाको सम्बोधन बिहीबार मात्रै

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
deuba-new-aaa.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार गर्ने भनेको राष्ट्रको नाममा सम्बोधनको समय बिहीबारको लागि सरेको छ। बुधबार राती नौ बजेको लागि तय भएको उनको सम्बोधन बिहीबारको लागि तय भएको प्रधानमन्त्रीका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गरेपछि बिहीबार नै पदबाट राजीनामा दिने तयारीमा रहेको पनि प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको सबै मत परिणाम राष्ट्रपति कहाँ बुझाएकै दिन देउवाले राष्ट्रको नाममा सम्बोधन गरेर पद छाड्ने तयारी भएको भएपनि बुधबार समय नपुगेपछि उनको सम्बोधनको समय सरेको हो । 

नेपालमा ऐतिहासिक रुपमा निर्वाचन सम्पन्न गरेर देउवा नेतृत्वको सरकारले केही आलोचनाका बीचपनि मुलुकमा संक्रमणकालको अन्त्य गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । देउवा सरकारको एक उपप्रधानमन्त्री कमल थापाले बुधबार मात्रै फुल माला लगाएर मन्त्रालयबाट विदा भईसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ