arrow

केटी फकाउन सिकाउने एउटा स्कूल, कसरी होला प्राक्टिकल जाँच ?

logo
प्रकाशित २०७४ फागुन २ बुधबार
Ladki-Patane-ke-Tarike.jpg

काठमाडौं । बुधबार विश्वभरका प्रेमीहरुले भ्यालेन्टाइन डे मनाएका छन् । आफ्ना प्रेमी र प्रेमीका हुनेले प्रेमी प्रेमीकासँग भ्यालेन्टाइन डे मनाईरहँदा धेरै मानिसहरु भने प्रेमी प्रेमीका नभएर पनि यो दिवस मनाउनबाट छुटिरहेका छन् । यो दिन प्रेमी र प्रेमीकाबीच विभिन्न प्रकारका उपहारहरु आदानप्रदान र फूल आदानप्रदान गरेर भ्यालेन्टाइन डे मनाईन्छ । 

सुन्दैपनि अचम्म लाग्न सक्छ, कुनै विद्यालय जहाँ प्रेम गर्न नै सिकाईन्छ भन्दा । तर, केटी फकाउन नसकेर एक्लै बस्नुपरेकाहरुलार्इ ध्यानमा राखेर अस्ट्रियाको भिएनामा दुनियाँको पहिलो यस्तो स्कूल खुलेको छ जहाँ प्रेमीकालाई पट्याउन सिकाईन्छ। त्यो स्कूलको पाठ्यक्रममा नै प्रेमीकालाई कसरी आफूप्रति आकर्षित गर्न सकिन्छ भन्ने विषय समावेश गरिएको छ । तर, अहिले यो विद्यालयमा भर्ना हुनको लागि विद्यार्थीले अहिले भारी शुल्क तिर्नु पर्ने हुन्छ ।

उक्त विद्यालयले एक सत्रको पठाईको लागि एक जना छात्रले १४ सय पौंड अर्थात् तिर्नुपर्ने हुन्छ । स्वीडेनमा जन्मिएकी तथा उक्त स्कूलकी हेड मिस यल्वा मारिया थम्पसनका अनुसार सो विद्यालयमा १६ वर्ष उमेर पुगेका जो कोही पनि भर्ना हुन पाउँछन् । उनका अनुसार यो विश्वको सबैभन्दा पहिलो विद्यालय हो जहाँ प्रेमीलाई प्रेमीका बनाउने तालिम दिईन्छ। यो विद्यालयमा सैद्धान्तिकसँगै प्रयोगात्मक परीक्षाको पनि व्यवस्था गरिएको छ । बढी यहाँ प्रयोगात्मक कार्यमा नै ध्यान दिईएको हुन्छ । 

त्यहाँ एक होस्टेलमा एक जनालाई मात्रै राख्ने गरिएको छ । ताकि उसले उसले आफ्नो होमवर्कको अभ्यास गर्न सकोस् । उनका अनुसार यहाँ प्रेम स्पर्श, शारीरिक विशेषता लगायतका विषयमा व्यवहारिक ज्ञान दिने प्रयास गरिन्छ । कोर्स सकिएपछि विद्यार्थीलाई प्रमाणपत्र पनि दिईने गरिएको छ । 
 
डेली मेलका अनुसार त्यहाँको सरकारले सो विद्यालयको विज्ञापन गर्न भने रोक लगाएको छ । तर, त्यहाँ विद्यार्थीलाई अध्यययनको लागि भने सरकारले पनि केही अवरोध गरेको छैन । अहिले त्यहाँ केटी फकाउने तालिम मात्रै दिईएको र अबको केही समयमा नै केटीहरुको लागि पनि यस्तै विद्यालय खोल्ने तयारी भईरहेको स्कूलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ