arrow

शैक्षिक उन्नयन र स्नातक तह संचालनर्थ महापुराण संचालन

logo
प्रकाशित २०७४ फागुन ४ शुक्रबार
panchthar-district1.png

पाँचथर । शैक्षिक उन्नयन र स्नातक तह संचालनर्थ पाँचथरको हिलिहाङ ३ स्थित गोपेटारमा शुक्रवारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको छ । महायज्ञको जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटा बिमलले पानसमा बत्ति बालेर उद्घाटन गरे।

उद्घाटन पछि वोल्दै जिसस प्रमुख सापकोटाले विद्यालयले शैक्षिक उन्नयन र स्नातक तह संचालनर्थ गरेको महान कार्यको प्रंशसा गर्दे यसलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण महानुभावहरुले सहयोग गर्नुपर्ने खाँचो औल्याए ।

 यस्तै हिलिहाङ गाउँपालिका प्रमुख तथा महायज्ञ पुराण मूल समारोह समितीका अध्यक्ष भुवानी प्रसाद लिङदेनले विद्यालयको शैक्षिक क्षेत्रको विकाशको निम्ति पवित्र तन,मन र वचनले थालिएको महायज्ञलाई सहयोग गरी सफल बनाउन सम्पूर्ण राजनितीक दल,जनप्रतिनिधीहरु,सरकारी,गैरसरकारी निकाय,संघ संस्था,उद्योगि,ब्यवसायि,ब्यापारी,संचारकर्मी सवैलाई आग्रह गरे।

कार्यक्रममा जिससका उपप्रमुख डिल्ली दुलाल,हिलिहाङ गाउँपालिकाका उपप्रमुख सुमित्रा सेडाई, सोही गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष मदन गौतम,याङवरक गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष टेकनाथ न्यौपाने,विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रसाइली लगायतले वोलेका थिए ।

आगामी फागुन ११ गतेसम्म संचालन भएको महायज्ञ बाट करिब १ करोड रुपैया रकम संकलन हुने अपेक्षा गरिको प्रचार प्रसार समिती संयोजक सन्तोष लिङदेनले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ