arrow

राष्ट्रपतिमा एमाले र काँग्रेसबाट दाबी; कात्तिक ११ गते निर्वाचन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
265307724.jpeg
काठमाडौं। राष्ट्रपति चयनका लागि सहमति जुटाउन आज भएको सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सो बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेसका तर्फबाट आ आफ्ना उम्मेदवारी दिने धारणा प्रस्तुत भएपछि सहमति जुट्न नसकेको हो । 
 
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमा नेताहरुबीच मत्यैक्य भएन । 
 
संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ