arrow

यस्तो छ लक्ष्यको स्याड सङ(भिडियो)

मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ ।

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Sarika.jpg.jpeg

काठमाडौं । लक्ष्य फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ । 

अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचीएको हो ।

केही समयअघि उदितनारायणले गाएको कुन बेला आइ बस्यौ मनको मझेरी बोलको ‘लभ सङ’ सार्वजनीक गरेको लक्ष्य युनिटले केही समयपछि नाची दिन्छु दामी छमछमी बोलको ‘आइटम सङ’ बजारमा ल्याउने योजना बनाएको छ । प्रोमो सार्वजनीक भएदेखिनै चर्चामा रहेको लक्ष्यका गीतले पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा सबिन श्रेष्ठ, सारिका केसी, अनु् शाह, सुनील थापा, अर्जुनजंग शाही, भानुप्रतापलगायतले अभिनय गरेका छन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मको स्क्रिप्ट सुसील पंगेनीले लेखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ