arrow

उत्तर र दक्षिण कोरियाबीच वार्ता

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
north-south-korea.jpg

सोल । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ ।

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा कुराकानी गरेका बुझिएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले मङ्गलबार दिएको छ । उक्त मन्त्रालयका अनुसार मङ्गलबार बिहान १० बजेबाट सो वार्ता सुरु भएको थियो ।

सो वार्ताका लागि दक्षिण कोरियाले गत हप्ता नै उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा केही दिनअघि सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा सुरु भएको हो । पूर्व निर्धारित समयअनुसार नै विहान १० वजेबाट वार्ता सुरु भएको बताइएको छ ।

सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहेको छ । वार्तामा दुवै तर्फका तीन तीन जना सदस्य रहेका छन् ।

यस वार्ता टोलीले हालै भएको शीतकालीन ओलम्पिकको समीक्षाका साथै आगामी दिनमा यी दुई देशबीच हुन लागेको भनिएको उच्चस्तरीय वार्ताको बारेमा पनि कुराकानी हुने बताइएको छ ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ ।

दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ