arrow

अर्जुनधारा नगरमा योजना अनुगमन तीव्र 

logo
सागर गौतम
प्रकाशित २०७४ फागुन १६ बुधबार

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाले वडाभित्रका काम कारबाहीबारे अनुगमन लिने क्रममा अर्जुनधारा वडा–२ पुगेको छ । वडागत विकास काम र प्रगतिबारे अर्जुनधारा नगरपालिकाले नियमित रुपमा अनुगमन गदै अनुगमन कार्यलाई तीव्र पारेको छ ।

अर्जुनधारा नगरपालिका वडा न–२ को वडागत अनुगमन गरी त्यहाँ भएका  विकास निर्माणको प्रगति र वडाको चालु आर्थिक वर्षमा सञ्चालित योजनाको प्रगति लगायतका विषयमा अनुगमन गरेको हो ।

अनुगमन गर्दै अर्जुनधारा नगरपालिका  प्रमुख हरि कुमार रानाले नगरपालिकामा सञ्चालित योजनालाई समयमा सम्पन्न गर्ने दिशातर्फ २ नम्बर वडा लागि परेको भन्दै उक्त काम प्रंशशायोग्य रहेको बताए ।  

सो क्रममा वडामा रहेका टाङटिङ खोलाको तारजाली, टाङटिङ पुल १० थान जाली, बालकृष्ण खड्काको देखि होम चापागाई सम्मको सडक, भक्त रिमालको देखि इलाका सम्मको सडक इलाका सडक, २ वटा पुल, चौरासे देखि डुँखुर सडक, सिमसार– रातेभित्ता सडक ग्राभेल, झोलुंगे पुल पश्चिम दक्षिण डिल्ली गुरुङको घर इलाका सडक ३ किलोमिटर, योग बरालको देखि रातेघाटगद्धी स्थल सम्मको सडक सम्पन्न भएको योजना कार्यक्रम अनुगमन टोली अवलोकन गरेको थियो ।

सो वडामा २ वटा पुल आवश्यक रहेको सहित भूसंरक्षणसँग नगरपालिकाको साझेदारीमा एक लाख लागतको तटबन्धन साझेदारी भैइरहेको अनुगमन टोलीलाई वडाअध्यक्ष रघुनाथ खनालले जानकारी गराएका थिए ।

वडाअध्यक्ष खनालले भने वडामा ८० प्रतिशत योजनाको काम सम्पन्न भैइसकेको छ । अब तीनवटा योजनाको काम मात्र गर्ने बाँकी छ । उनले भने फागुनभित्रमा सबै काम गरिसक्ने सोच बनाएको छु ।  यता सोही वडामा पर्ने खुदुनाबारी वर्दवाल चोक साठीमुरे सडकको ट्याक समेत खुलेको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाको नेतृत्वमा गएको अनुगमन टोलीमा उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, बरिष्ठयोजना अनुगमन अधिकृत हिमराज सेडाई, पूर्वाधार संयोजक रमेश त्रिखत्री, नगर प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, प्रेस संयोजक सागर गौतमले अनुगमन गरेका थिए भने वडाको काम र प्रगतिबारे सोही वडाका अध्यक्ष रघुनाथ खनाल, नगर सभा सदस्य इन्द्रिरा पराजुलीले जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ