arrow

चितवनमा वैद्यसँग कार्यगत एकता गरेकै दिन विप्लवको घरमा टाँसियो पक्राउ पूर्जी

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
netra-bikram-chand-biplap.jpeg

काठमाडौं । चितवनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग कार्यगत एकता गरेकै दिन प्रहरीले नजिकैको जिल्ला कपिलवस्तुमा रहेको नेत्रविक्रम चन्दको घरमा पक्राउ पूर्जी टाँसेको छ ।

जिल्ला अदालत भोजपुरको आदेशमा प्रहरीले नेपाल कम्प्यूनिष्ट पार्टी नेकपाका महासचिव चन्दको घरमा पक्राउ पूर्जी टाँसेको हो । कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्दको घरैमा गएर प्रहरीले पक्राउ पूर्जी टाँसेको छ ।

वुधबार मात्रै चितवनमा नेकपा र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको हो । क्रान्तिकारी माओवादी चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ