arrow

दुई स्थानीय तहको नाम परिवर्तन

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
khotang-district.png

खोटाङ । खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो । 

रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो । 

नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ । 

मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ । 

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो । तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबेंसी गाउँपालिका भएको छ भने अन्यको यथावत राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ