arrow

मेयर अनुगमन गर्न आएपछि वडाबासी हर्षित

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार

खुदुनाबारी । अर्जुनधारा –३ का स्थानीयबासी अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले वडागत विकास र प्रगतिबारे अनुगमन शुरु गरेपछि वडाबासी हर्षित भएका छन् । 

स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएसँगै विकासको कामले तीव्र गतिमा शुरु भएपछि उनीहरु हर्षित भएका हुन् । 

सो वडामा पर्ने भित्रिगाँउ सडक ग्राभेल, केही ठाँउमा स्थानीय सडक निर्माणको योजना सुरु भएसँगै तीन नम्बर वडाबासी खुसी भएका हुन् ।

वरिपरी खोलाहरुले घेरिएको सो वडामा अधिकास ठाँउमा तटबन्धन र कल्भर्ट आवश्यकता रहेको हुनाले नगर प्रमुख हरि कुमार रानालाई स्थानीयबासीले माग गरेका थिए । नगर प्रमुखको अनुगमनले वडाको विभिन्न समस्याको उचित व्यवस्थापन हुने विश्वास स्थानीयबासीयले गरेका छन् ।

अनुगमनको क्रममा वडामा समस्याको उचित व्यवस्थापन गर्नेको निम्ति विभिन्न क्षेत्र अनुगमन टोली घुमेको थियो । सो क्रममा सहिद कुलोमा डिपबोरिङ, कल्भर्ट र सडक स्तरउन्नती, टाङटिङ खोला हस्त रम्तेलको घर पूर्व खोलामा ३ वटा स्पर, सुखनी खोला भित्रि गाँउ ५ वटा स्पर, वडाका विभिन्न स्थानमा ७ वटा सहित पगला खोला चर्च छेउ २ वटा स्पर, बराइली खोल्सी दुर्गापुर दानाबारी सडक खण्ड अन्तर्गत पर्ने स्थानमा कल्भर्ट, अमलडाँगी पूर्व टाङटिङ खोलामा दुइवटा स्पर, त्रिपुरेश्वर मन्दिर दक्षिण ६० को ६ थान ३० को १२ थान हयुपाइप, दल बहादुर गुरुङको पश्चिम रमेश भण्डारीको घर हुँदै जोड्ने सडको स्तरोन्नति सहित कल्भर्ट, बिजुली दमाईको घर छेउमा १ वटा स्पर, सुखानी खोला साविक ९ नम्बरमा पर्ने पूर्व पट्टी ३ थान स्पर, बुढी सुखानीमा २ वटा स्पर, १ कल्भर्ट १ डिपवोरिङ सहित सडक ग्राभेल, सोही स्थानमा १ स्पर हयुपाइप सुखानी ९ थान जाली, लाल बहादुर दाहालको घर सिरान १ कल्भर्ट आवश्यक रहेको वडाअध्यक्ष जीवन कुमार भण्डारीले अनुगमन टोलीका प्रमुख रानालाई जानकारी गराएका थिए ।

उक्त वडामा कर्णशाहको घर हुँदै भोला बराल विदुर घट्टानीको घर हुँदै जाने सडक निर्माण शुरु भएको छ भने कुसुमे पुलमा २५ प्रतिशत काम सम्पन्न भएको जानकारी अध्यक्ष भण्डारीले गराएका थिए । यता भानु आधारभूत विद्यालयको कम्पाउण्डको काम पनि ५० प्रतिशत सकिएको जनाइएको छ ।

नगर प्रमुख रानाले अनुगमनको क्रममा जनताको समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, संञ्चार, यातयात लगायतका क्षेत्रमा जनचाहना अनुसारको काम योजनाबद्ध तरिकाले  गर्ने अगाडि बढिसकेको बताए । 

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने सोच बनाइसकेको उनले बताए । ‘जनतालाई सुखी र समृद्ध नगर निर्माण गर्नका निम्ति जिम्मेवार भएर काममा लागि सकेका छौं ।’

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाको नेतृत्वमा गएको अनुगमन टोलीमा उप–प्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, बरिष्ठयोजना अनुगमन अधिकृत हिमराज सेडाई, पूर्वाधार संयोजक रमेश त्रिखत्री, नगर प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, प्रेस संयोजक सागर गौतमले अनुगमन गरेका थिए भने वडाको काम र प्रगतिबारे सोही वडाका अध्यक्ष जीवन कुमार भण्डारी वडासदस्यहरु होमनाथ दुलाल, निर्मला घिमिरे, सिताराम भट्टराई, दिलमाया दासले रिपोटिङ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ