arrow

चीन र थाइल्याण्ड जोड्ने रेलमार्ग बन्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1143596019.jpeg
बैंकक। चीन र थाइल्याण्ड जोड्ने नयाँ रेलमार्ग निर्माण हुने भएको छ । से मार्गको निर्माण कार्य यसै वर्षको अन्त्यबाट सुरु हुने थाई अधिकारीहरुले बताएका छन्। थाई उपप्रधानमन्त्री तानसाक पतिम्पारागनले हालै सो जानकारी दिनुभएको हो । यसअघि नै उक्त रेलमार्ग निर्माणसम्बन्धी सम्झौता ती दुई देशबीच सम्पन्न भइसकेको छ ।
 
उक्त रेलमार्ग अहिलेसम्मकै थाइल्याण्डको सबैभन्दा स्तरीय रेलमार्ग हुने उहाँले बताउनु भयो । सो रेलमार्गले एसियाका यी दुई ठूला देशलाई जोड्ने छ। यसको लम्बाई ८४० किलोमिटर हुने बताइएको छ । उक्त रेलमार्गले चीनको युनान् प्रान्तको कुन्मिङदेखि थाइल्याण्डको नोङ खाई प्रान्तका साथै राजधानी बैंकक र रायोङ जोड्ने छ ।
 
यस रेलमार्गले यी दुवै देशबीचको आयात निर्यातको कार्यलाई थप प्रबर्धन गर्नेमात्र नभई विशेष आर्थिक मार्गकै रुपमा रहेर भूमिका निर्वाह गर्ने पनि बताइएको छ । रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ