arrow

निजी क्षेत्रसँग सरकार हातेमालो गर्दै मुख्यसचिव सुवेदी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
मुख्यसचिव-सुवेदी.jpg.jpeg
धनगढी । मुख्यसचिव सोमलाल सुवेदीले विकासका लागि निजी क्षेत्रसँग सरकार हातेमालो गरी अगाडि बढेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आज यहाँ सुरु भएको वनमा आधारित उद्योगको विकाससम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मुख्यसचिव सुवेदीले विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारेका थिए । 
 
उनले निजी क्षेत्रका समस्या नीतिगत र पारदर्शी ढङ्गबाट समाधान गर्न सरकार तयार रहेकोमा जोड दिँदै स्थानीय सीपको विकास गरी रोजगारी सिर्जना गर्नेतर्फ लाग्न सल्लाह दिए । सुवेदीले सरकारका नीतिले सबैमा इमान्दारिताको अपेक्षा गरेको उल्लेख गर्दै छिनछिनमा नीतिमात्रै फेरबदल गर्ने कुराले बनेका नीतिको प्रभावकारी कार्यान्वयन गर्न समस्या सिर्जना हुने गरेको बताउनुभयो । 
 
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले सरकारको वन उद्योगसम्बन्धी नीतिमा देखिएको कमीकमजोरीका कारण वन उद्योग धरासायी भएकाले वनमा आधारित उद्योगको नीतिलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताए  ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका किशोरकुमार प्रधान, दिनेशराज भण्डारी, जिल्ला वन अधिकृत हेमराज अर्याललगायतले वन पैदावार र यससँग सम्बन्धित उद्योगको सम्भावना रहेका बताएका हुन् ।
 
 
तीन दिनसम्म हुने कार्यशालामा वन पैदावारमा आधारित कार्ययोजनाका विषयमा छलफल हुने बताइएको छ । मुख्य सचिव सुवेदीले जिल्ला प्रशासन कार्यालय कैलालीमा भेला भएका सरकारी कार्यालयका प्रमुखलाई निर्देशनसमेत दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ