arrow

स्वयम्भूबाट हराएका बुद्ध विजेश्वरीमा फेला

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
budha_thing.JPG

काठमाडौं । ललितपुरको भट्टेडाँडा आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत बुद्धराज थिङ आज विहान काठमाडौंको विजेश्वरीमा फेला परेका छन् ।

काठमाडौंको स्वयम्भूबाट हराएका, बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा बस्ने  बुद्धबहादुर थिङ शनिबार बिहान फेला परेको स्वयम्भु  प्रहरीले जनाएको छ । हराएका थिङ प्रहरी चौकीमा ल्याइएको र त्यहाँबाट घर लान लागिएको हो ।  

थिङ शुक्रबार विद्यालयबाट घुम्नेक्रममा काठमाडौंको स्वयम्भूवाट हराएका थिए । शुक्रबार विहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, शिक्षक र विद्यार्थी सहित ५९ जनाको टोली काठमाडौंको स्वयम्भु क्षेत्रमा शैक्षिक भ्रमणमा निस्किएका थिए ।  

छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा थिङ हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले बताएका छन ।

उनका अनुसार विद्यालयले कक्षा चारदेखि आठसम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित ५९ जनालाई स्वयम्भू भ्रमणमा लगेको थियो ।

स्वयम्भूको टुप्पोबाट तल ओर्लनका लागि धेरै बाटो रहेकाले बाटो बिराएर थिङ हराएको हुन सक्ने विद्यालयले अनुमान गरेको थियो । थिङ हराउनेबित्तिकै शिक्षकहरूले बालबालिका खोजतलास केन्द्र र प्रहरीलाई खबर गरेका थिए ।

शुक्रबार रातिसम्म प्रधानाध्यापकसहित अन्य चार जना शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीले खोजी गरेको थियो  । फुलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का विद्यार्थी थिङ शुक्रबार हराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ