arrow

पवित्र धाममा आक्रमण हुँदा पैतालिसको मृत्यु एक सय दश घाइते

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
पवित्र-धाममा-आक्रमण.jpg.jpeg
दमास्कस (सिरिया)  । सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ । 
 
सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो । सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ । 
 
एउटा कारबम र दुई आत्मघाती विस्फोट सिया धार्मिक केन्द्रमा भएका र यी विस्फोटका घटना सिरियाको सत्ताधारी दल र प्रतिपक्षी दल संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने भनिएको वार्ताका लागि जेनेभा पुगेका बेला भएका छन् । विस्फोटको तत्कालै कसैले जिम्मा लिइनसकेको बताइएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ