arrow

देउवा क्याम्पमा कोईरालाको प्रवेश, देउवालाई भोट हाल्ने यी हुन बिपक्षका पाँच सांसद

गगन थापाले गरे प्रकाशमानलाई मतदान

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
deuba-singh.jpg

काठमाडौं। काँग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको पक्षमा अपेक्षित भन्दा बढी मत परेपछि थपिएको मतको बारेमा अनेक अड्कलबाजी सुरु भएका छन्। काँग्रेसका सांसदहरु कुल ६३ सांसदहरु मध्ये देउवा पक्षका ३९ जना रहेपनि देउवालाई त्यो भन्दा पाँच मत बढी आएपछि थपिएका पाँच मतका बारेमा अनेक अड्कलबाजी भएका हुन्।

सोमबार सम्पन्न संसदीय दलको निर्वाचनमा देउवाले ४४ मत ल्याउदा उहाँका प्रतिश्पर्धी प्रकाशमान सिंहको १९ मत मात्रै आएको छ। सिंहलाई २४ मत आउनु पर्ने अनुमान गरिएपनि महामन्त्री शशांक कोईराला पक्षीय नेताहरुले नै देउवाको पक्षमा मतदान गरेकाले सिंहको मतसंख्या घटेको हो। सिंह र कोईराला बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भएपनि कोईरालाले सिंहलाई साथ नदिएको सिंह निकटस्थहरुको बुझाई छ। 

सिंहले आफ्नो उम्मेदबारीका लागि प्रस्तावक बनिदिन आग्रह गर्दा समेत अस्विकार गरेका कोईरालाले सिंहकै गुठमा बसेर सिंहका विरुद्धमा मतदान गरेको सिंह निकट एक नेताले बताए। देउवालाई मतदान गर्नेमा महामन्त्री कोईराला सहित उनको पक्षका डा मिनेन्द्र रिजाल र डा नारायण खड्का रहेका छन्। त्यस्तै यसअघि सिटौला पक्षका उमाकान्त चौधरी र भिमसेनदास प्रधानले समेत देउवालाई नै मतदान गरेका छन्। 

काठमाडौको राजनीतिमा एकले अर्कालाई निषेध गर्ने पुरानै प्रतिषोधका कारण प्रधानले सिंहलाई मतदान गर्न अस्विकार गरेका हुन् भने सिंहले वास्ता नगरेको र देउवाले पटक पटक आग्रह गरेकाले चौधरीले देउवालाई मतदान गरेका हुन्।

चौधरी र प्रधानलाई सिंहको पक्षमा मतदान गराउन सिटौला पक्षकै मानिने गगन थापा र प्रदिप पौडेलले पटक पटक गरेको आग्रहलाई पनि उनीहरुले अस्विकार गरेका थिए। 

उनीहरुलाई मनाउन थापा र पौडेलले जमलमा रहेको एल्लो प्यागोडा होटलमा आईतबार दिउसो १ बजेदेखि ३ बजे सम्म र सोमबार विहान पनि दुई घण्टा सम्म छलफल गरेका थिए। थापाले प्रधान र चौधरीसँग संगै गएर एकै ठाँउमा मतदान गर्न आग्रह गरेका थिए।

थापाले भने आफु अहिलेको नेतृत्व परिवर्तनको पक्षमा रहेकाले देउवाको विपक्षमा मतदान गरेको संचारकर्मीहरुलाई बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ