arrow

आयमेली आन्दोलनका मुख्य योद्दा रार्इको निधन , यस्तो छ साहित्यमा योगदान

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
indra_bahadur_rai.jpg

काठमाडौं । नेपाली साहित्यमा तेस्रो आयामेली आन्दोलनका मुख्य अभियानकर्ता इन्द्रबहादुर राईको निधन भएको छ । मंगलबार भारतको दार्जिलिङमा उनको निधन भएको हो । ९१ वर्षीय राईले भारतमा जन्मिएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएका छन् । 

वि।सं। १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङ, बालासन खोलाको बगर, भारतमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको सुपुत्रका रूपमा जन्मिएका राईले साहित्यक आन्दोलको लागि भने नेपाली भूमि नै रोजे । सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको ुएसेज इन क्रिटिसिज्मु को प्रभावले साहित्यमा नयाँ धारको सुरुवात गरेका राई नेपाली साहित्यमा लीला लेखनको लागि विशिष्ट साहित्यकार मानिन्छन् । 

लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको ुकठपुतलीको मनु कथासङ्ग्रहलाई लिइन्छ। अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन्। जिवित हुँदा उनी भन्नेगर्थे ुलेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन्। उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ। समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ। एउटा नाटक पनि लेख्न मन छ। धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ।ु

वैरागी काइँलाको, इन्द्रबहादुर राई र ईश्वरवल्लभ तीन जनाले २०२० सालमा नेपाली साहित्यमा एउटा आन्दोलन चलाए । यी तीन जना साहित्यकारहरुले परम्परागत साहित्यलाई चेप्टो साहित्य भन्दै तेस्रो आयाम अन्तर्गत् साहित्यमा लेखाइमा लम्बाई, चौडाई र मोटाई वा गहनता हुनुपर्नेमा जोड दिए । त्यतिबेला यो आन्दोलनले महत्वपूर्ण भूमिका खेल्न सफल भयो । यसैलाई आयमेली आन्दोलन पनि भनियो । 

त्यतिबेला उनीहरुले एउटा तेस्रो आयाम भन्ने पत्रिका पनि निकालेका थिए । त्यसको सम्पादक भने बैरागी काईँलालाई राखिएको थियो । 

के के छन् राईका साहित्यिक ग्रन्थहरु ? 
राईले नेपाली साहित्यलाई अपूर्व योगदान दिएर गएका छन् । साहित्य लेखेबापत २०५१ सालको जगदम्बाश्री पुरस्कार पनि राईलाई नै प्रदान गरिएको थियो। नेपाली उपन्यासका आधारहरूका लागि सन् १९७५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनले लेखेका केही महत्वपूर्ण कृतिहरु यस्ता छन् । 

आज रमिता छ (उपन्यास, सन् १९६४)
विपना कतिपय (कथासँग्रह, सन् १९६१)
कठपुतलीको मन (निबन्धसँग्रह, सन् १९८९)
कथास्था (कथासँग्रह, सन् १९७२)
सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३)
टिपेका टिप्पणीहरू (समालोचना सँग्रह, सन् १९६६)
नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह, सन् १९७४)
सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६)
साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३)
दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४)
पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३)
अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४)
पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५)
लेखहरू र झ्याल (निबन्धसँग्रह, सन् २०००)
लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ