arrow

बलात्कार प्रयासको आरोपमा गायक पक्राउ

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
arrest.jpg.jpeg

बुटवल । रुपन्देही प्रहरीले बलात्कार प्रयास आरोपमा एक गायकलाई पक्राउ गरेको छ ।

काठमाडौं बसेर गायन पेशा गर्दै आएका अजय श्रेष्ठ फागुन ९ गते पक्राउ परेका हुन् । 

सांस्कृतिक कार्यक्रमका लागि फागुन ३ गते टोलीसहित आएका उनीमाथि आफ्नै समूहकी साथीलाई बलात्कार प्रयास गरेको आरोप छ ।

उनले कार्यक्रम सकेर होटलमा बसेका बेला बिहान ४ बजे महिला साथीलाई करणी प्रयास गरेका थिए । महिला प्रतिकार गरेर भागेकी थिइन् । काठमाडौंकै ती महिलाले तत्काल श्रेष्ठविरुद्ध उजुरी दिएकी हुन् । 

उता, रुपन्देहीकी एक बालिकाको बलात्कार पछि हत्या भएको छ । रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई गाउँपालिका ३ की १२ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो ।

दिउँसो घाँस काट्न खेतमा गएकी बालिका राति आफैंले ओडेको चुन्नी घाँटीमा बेरिएको अवस्थामा भेटिएकी थिइन् । बलात्कार तथा हत्याको आरोपमा रुपन्देही प्रहरीले उक्त गाउँकै एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई ३ का २१ वर्षीय सन्दीप कुमार धोबी छन् । प्रहरी अनुसन्धानमा खटेका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनले माघ २२ मा बालिका बलात्कारपछि पोल खुल्ने डरमा उनकै चुन्नीले घाँटी कसी हत्या गरेका थिए ।

प्रहरीले माघ २९ मा मात्रै अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले हत्या र जबरजस्ती करणी अन्तर्गत मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा रायसहित मिशिल पेश गरेको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ