arrow

भीमदत्त नगरपालिकामा तीन अर्बको आयोजना सञ्चालन

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
bhimdatta_nagarpalika.jpg

कञ्चनपुर। भीमदत्त नगरपालिकामा तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ। शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताए। भीमदत्तलाई व्यवस्थित शहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ।

“भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,” उनले भने। पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन्।

आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ। फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ। भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले रु एक अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताए। फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उनले बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ