arrow

हरिप्रभा भन्छिन्–महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार आवश्यक

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
hariprabha.JPG

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताएकी छन् ।

राष्ट्रिय महिला आयोगको १६औंँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गरिन् । महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार आवश्यक रहेकाे बताइन् ।

आयोगकी पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै महिला एकजुट हुनुपर्ने औँल्याइन्  आयोगकै पूर्व सदस्य लिली थापाले आयोगले गाउँ नगर पुगेर महिलाको पीडा न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । पूर्वसचिव शरदराज विष्टले महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी व्यवस्थामा सुधार हुनुपर्ने औँल्याए ।

आयोगका सचिव तुल्सीराम सेढार्इंल आयोगले महिलाको अधिकारको रक्षाका लागि काम गर्दैआएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ