arrow

अबैध कुखुरा नष्ट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन २३ बुधबार
kukhura.jpg

पुनर्वास । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वासमा भारतीय पोल्ट्री फर्मबाट चोरी पैठारी गरि ल्याइएको झन्डै सवा २ क्वीन्टल  अबैध बोइलर कुखुरा बुधबार नष्ट गरिएको छ ।

पुनर्वास स्थित सिमावर्ती भारतीय बजार बसहीबाट ल्याइएका  २ क्वीन्टल १५ किलो अबैध बोइलर कुखुरा ईलाका प्रहरी कार्यालयको गस्ती टोलिले बरामद गरि नष्ट गरेको हो ।

 सिमावर्ती भारतीय बजारबाट चोरीपैठारी गरि ल्याइएको सेतो कुखुरा पुनपा ४ स्थित शिवहरी सामुदायिक वन नजिकै बाट प्रहरीले बरामद गरेको हो । प्रहरीको गस्ती टोलि देख्नासाथ कुखुरा फ्याँकेर चोरीपैठारीमा संलग्न ब्यक्तिहरु फरार भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

बरामद गरिएका कुखुरा बुधबार पशु क्वारेन्टाइन बेलौरीका प्रतिनिधि ,पुनपा ६ का वडाध्यक्ष,उवासंघका प्रतिनिधि र पत्रकार हरुको रहोबरमा बुधबार नष्ट गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ