arrow

पराजित म्यानचेष्टर सिटी र युभेन्टस क्वार्टरफाईनलमा, स्पर्स बाहिरियो

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
Buffon_Juventus.jpg

एजेन्सी। ईटालियन क्लब युभेन्टस र ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाईनल प्रवेश गरेका छन्। 

युभेन्टसले ईङलिश क्लब टोटनह्याम स्पर्सलाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाईनलको यात्रा तय गरेको हो। 

पहिलो लेगमा २-२को बराबरीमा सकिएको खेलमा दोस्रो लेग युभेन्टसले स्पर्सलाई  पराजित गरेसँगै क्वार्टरफाईनलको यात्रा निश्चित गरेको थियो।

ईङल्याण्डको वेम्बली रंगशालामा भएको खेलमा ३९औं मिनेटमा स्पर्सका हेङ-मीन सनले गोल गर्दै अग्रता दिलाएका थिए। 

पहिलो हाफमा अग्रता लिएको स्पर्सको अग्रता दोस्रो हाफमा कायम रहन सकेन । ६४औं मिनेटमा युभेन्टसका गोन्जालो हिगुईनले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। ६७औं मिनेटमा पाउल डिबालाले गोल गर्दै खेल २-१ले बिजयी गराए। 

पहिलो लेग र दोस्रो लेगको योगफलमा ४-३ले बिजयी हुँदै युभेन्टस क्वार्टरफाईनल प्रवेश गरेको हो। 

म्यानचेस्टर सिटी पराजित

प्रिमियर लिगमा लिग नेतृत्व गरिरहेको क्लब म्यानचेष्टर सिटीलाई स्विजरल्याण्डको क्लब बासेलले २-१ गोलले पराजित गरेको छ। पराजित भएपनि सिटी पहिलो लेगमा ४-० बिजयी भएको कारणले कुल योगफलमा ५-२ले बिजयी हुँदै क्वार्टरफाईन प्रवेश गरेको हो। 

दोस्रो लेगको खेलमा ८औं मिनेटमा सिटीका गाब्रियल जिससले गोल गर्दै अग्रता दिलाएका थिए। 

बासेलले सिटीको अग्रतालाई १७औं मिनेटमा मोहम्मद एलोनोसीको गोलले बराबरी गरेको थियो। खेलको ७१औं मिनेटमा माईकल लांगले दोस्रो गोल गर्दै बासेललाई बिजयी बनाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ