arrow

अपराजित स्कटल्याण्ड बिरुद्ध पहिलो जितको खोजीमा नेपाल

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
Cricket_Nep_Zim.jpg

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेट छनौट प्रतियोगीतामा नेपाल आफ्नो दोस्रो खेल स्कटल्याण्ड बिरुद्ध खेल्नकालागि मैदानमा ओर्लिंदैछ। पहिलो खेलमा १ सय १६ रनले पराजय भोगेको नेपालले स्कटल्याण्ड बिरुद्धको खेलमा सम्मानजनक खेल पस्किने आशा गरिएको छ। 

यसअघि नेपालले स्कटल्याण्ड बिरुद्ध तीन खेल खेलेकोमा तीनै खेलमा नेपाल पराजित भएको थियो। सन् २०१४मा भएको विश्वकप छनौट खेलमा सक्टल्याण्डले नेपाललाई ९० रनले पराजित गरेको थियो। 

सन् २०१५मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९ विेकटले पराजित भएको थियो। 

नेपालले स्कटल्याण्ड बिरुद्ध बुलावायो मैदानमा खेल्ने छ। नेपाल बिरुद्ध जिम्बाब्वेले ३८० रन बनाएको मैदान यही रहेको छ। त्यसैगरि जिम्बाब्वे र अफगानिस्तानको रोमाञ्चक खेल पनि यही मैदानमा भएको थियो। 

१ सय ९७ रन पच्छ्याएको अफगानिस्तानलाई जिम्बा्बवेले रोकेको थियो। उक्त खेलमा जिम्बा्बवे २ रनले बिजयी भएको थियो। 

प्रतियोगीतामा २ खेल जितिसकेको स्कटल्याण्डको मनोबल उच्च रहेको छ। विश्व क्रिकेटमा द्रुतगतिमा अघि बढीरहेको अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको स्कटल्याण्ड हङकङसँग ४ विकेटले बिजयी भएको थियो। 

नेपाली टोली दवाब मुक्त रहेर खेल्ने टोली ब्यवस्थापनले जानकारि दिएको छ। चार दिनको आराम र अभ्यासले टोली पुनजागृत भएको पनि बताईएको छ। 

नेपाल बिरुद्ध अपराजित स्कटल्याण्ड बिरुद्ध पहिलो जितको खोजीमा नेपाली टोली रहेको छ। नेपालको बलिङ आक्रमण राम्रो रहेको र ब्याटीङमा केही सुधार गर्नसके जित टाढा नरहने निश्चित छ। 


नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

स्कटल्यान्ड टिम 
केल कोइट्जर, रिची बेरिङटन, माथ्यु क्रस, एलास्डयर इभान्स, मिचेल जोन्स, मिचेल लेइस्क, कोलुम म्याकलियोर्ड, जर्ज मुन्सी, साफयान शरिफ, क्रिस सोल, टम सोल, क्रिस वालन्स, मार्क वाट, ब्राड ह्विल, स्टुवार्ड हिटिङघम। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ