arrow

भाजपा नेता भन्छन् : 'लेनिनका सबै शालिक ढालिदिए हुन्छ'

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
lelin_dozor.jpg

काठमाडौं । त्रिपुरामा बीजेपीको ऐतिहासिक जीतसँगै वामपन्थी विचारक भ्लादिमीर लेनिनको शालिक तोडफोड भएको विषयले भारतमा निकै चर्चा पाएको छ । दुई तिहाई मत सहित २५ वर्ष पछि भारतीय जनता पार्टीले कम्युनिष्ट सत्ता ढालेको विषय भन्दा त्यहाँ लेनिनको शालिक ढालेको विषयले बढी चर्चा पाएको छ । । 

कम्युनिष्ट विचारधाराका दलहरुले यसलाई उच्छृङ्खलताको उपमा दिएका छन् भने भारतीय जनता पार्टीका नेताहरुले बाँकी रहेका लेनिनका शालिकहरु समेत विस्थापित गर्नुपर्ने तर्क गर्दै आएका छन् । उनीहरुले लेनिन भारतीय विभूती नभएको र उनले भारतीय स्वतन्त्रता संग्राममा पनि प्रत्यक्ष रुपमा कुनै भूमिका नखेलेकोले उनको सम्मानमा चोक चोकमा शालिक राखिनुको औचित्य छैन भन्ने तर्क राखेका समाचार नवभारत टाईम्समा उल्लेख छ ।  

महाराष्ट्रमा बीजेपीका वरिष्ठ नेता राज पुरोहितले लेनिनको शालिक ढालिएको विषयमा आफू एकदम खुशी भएको बताएका छन् । उनले लेनिनको शालिकलाई पुत्लाको संज्ञादिँदै लेनिनको शालिक अपमानको प्रतिक भएको आरोप समेत लगाएका छन् । उनले भनेका छन् लेनिनको शालिक अपमानको प्रतीक हो । जतिछन् सबै शालिक ढालिदिए हुन्छ ।

त्रिपुराको बेलोनिया टाउनमा रहेको कलेज स्वायरमा स्थित रूसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको मूर्तिमाथि बुलडोजर लगाएर कैयौं घटना सामना आएको छ । बीजेपी नेता सुब्रमण्यन स्वामीले यस मामलेमा प्रतिक्रिया दिँदै भनेको थिए, 'लेनिन त विदेशी हुन्, उनी एक प्रकारले आतंकवादी पनि हुन्, यस्ता व्यक्तिको शालिक हाम्रो देशको लागि के काम ? उनको शालिक पार्टी मुख्यालयमा राख्न सक्दछन् र पूजा पनि गर्न सक्दछन्।' यसपछि बीजेपी नेता राम माधव तथा त्रिपुराका राज्यपाल तथागत राय ले समेत यसलाई जायज भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ