arrow

उत्तर कोरिया वार्ताको पोको बोकेर दक्षिण कोरियाली विशेषदूत हिँडे अमेरिका

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
korean-tem.JPG

सोल । हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत  वार्ताको पोको बोकेर बिहीबार अमेरिका हिँडेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका हिँडेका हुन् ।

उनिहरु उत्तर कोरियावाट मङ्गलबारमात्र फर्किएका हुन् ।  उनिहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।  त्यसैगरी उनिहरुले उत्तर र दक्षिण कोरियाको वार्ताको विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउने छन् ।

उनिहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणका क्रममा भएको पछिल्लो विकसित परिस्थितिको बारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराउने बताइएको छ ।

उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणुअस्त्रको उत्पादन रोक्ने बारेमा के प्रतिक्रिया दिएको छ भन्ने बारेमा सो भेटमा उनिहरुले जानकारी दिने समाचारमा जनाइएको छ ।

विशेषदूतका रुपमा उनिहरुले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गरेका थिए ।

सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

त्यस वार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गर्न सकिने धारणा राखेको समाचार आएको थियो ।

त्यस विषयमा पनि उक्त भ्रमणका क्रममा जानकारी गराइने समाचारमा जनाइएको छ । विशेषदूतद्वय आगामी शनिबारसम्म वासिङ्टन डिसीमा रहने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि विशेषदूतहरुले अमेरिकी अधिकारीहरुसँग भेटका क्रममा जानकारी गराएका थिए  ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्‍याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन् ।

यस समयमा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा पनि केही सुधारका संकेत देखिएका छन् । यी दुई देशले पनि वार्ताको चाहना व्यक्त गरेका छन् । सोही कारण पनि दक्षिण कोरियाली विशेषदूतले अमेरिकाको भ्रमण गर्न लागेका अनुमान गरिएको छ ।

हालैमात्र दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ