arrow

नेपालमा कमेडी किङग हुँदै, प्रथम हुनेलाई कार उपहार

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
comedy-king-reality-show.jpg

काठमाडौं। नेपालमा अन्तराष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ। अनलाईन टेलिभिजन टिभी अन्नपूर्णले हास्यव्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग गर्न लागेको जानकारी गराएको हो। कमेडी किङ्ग नेपाली अनलाईन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ। बैशाखदेखि देशभरबाट आवेदन संकलन गरी प्रतिस्पर्धात्मक रियलिटी शो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए।

देशभरका झण्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको रियलिटि शो मार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गो सहित नगद पुरस्कार पाउनेछन्। त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई, कतार लगायत यूरोप भ्रमणको प्याकेज सहित क्रमश १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार बिष्टले जानकारी गराए।

पछिल्ला वर्षमा हास्यव्यंग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले बताए । साथै हास्यव्यंग्यमा धेरैको रुची बढ्दै गएकाले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता गरिएको सुवेदीको भनाई छ।

आगामी बैशाखदेखि सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्रि अडिसन हुनेछ । प्रि अडिसनमा करिब ४० हजारको सहभागी हुने अनुमान आयोजकको छ । जसमा सहभागी हुने मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ । छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याउने र मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरी उत्कृष्ट ३० जना छनोट हुनेछन् । छनोट भएका ३० जनामध्येबाट पनि २० जना उत्कृष्टलाई छनोट गरिनेछ । टप २० देखी दर्शकको भोटिङ हुदैं हरेक हप्ता गर्ने प्रस्तुतिका आधारमा ३ जना फाईनल प्रतिष्पर्धामा सहभागी हुनेछन ।

प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीहरुको प्रस्तुति प्रतिस्पर्धा अवधिभर नेपाली अनलाईन टेलिभिजन र टिभी अन्नपूर्णमार्फत प्रसारण हुने भए पनि फाइनल पछि इन्टनेटको पहुँच नपुगेका ग्रामीण क्षेत्रका लागि नेपाल टेलिभिजन मार्फत टप २० पछिका कार्यक्रम प्रसारण हुनेछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ