arrow

प्रदेश ५ मा कांग्रेसलाई दलको नेता छान्नै सास्ती

अनिश्चित कालको लागी सर्‍यो कांग्रेसको नेता चुन्ने चुनाव

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २६ शनिबार
boss.jpg

बुटवल । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेता चयन गर्न शनिवार निर्वाचन हुने भनिएपनि तेस्रो पटक पनि सरेको छ। अनिश्चतको लागी निर्वाचन सरेको निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले जानकारी दिए ।
 
फागुन १४ गते निर्वाचन गर्ने भनिए पनि संसद् बैठक स्थगित भएकाले संसद् बैठक बोलाएको अघिल्लो दिन फागुन २६ गते निर्वाचन गर्ने टुंगो लागेको निर्वाचन समितिले बताए पनि केन्द्रमा भइरहेका निर्वाचनको लागि सांसदहरू गएको हुँदा तेस्रो पटक पनि निर्वाचन सरेको निर्वाचन समितिका सदस्य बन्जाडेले बताए।

दलको नेता बन्न डिल्ली चौधरी, विरेन्द्र कनौडिया, विरबहादुर राना, बलदेव शर्मा पोखरेल र फकरुद्दिन खाँको उम्मेदवारी परेको छ। अर्को प्रदेश सभा बैठकभन्दा अगाडि संसदीय दलको नेता तोकिने उनले बताए।

केन्द्रीय सदस्य तथा प्रदेश ५ को संयोजनको जिम्मा पाएका बालकृष्ण खाँणको उपस्थितिमा बसेको बैठकले दलको नेता चयन गर्न नसकेपछि निर्वाचन गर्ने निर्णय गरेको थियो। कांग्रेसले निर्वाचनका लागि डा. बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ। समितिको सदस्यमा वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे र अधिवक्ता राजन नेपाल रहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ