arrow

कोइरालाका दुई उपन्यास लोकार्पण

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
koirala-ka-upannayas.jpg

विराटनगर । विराटनगरमा कर्मथलो बनाएर साहित्य सेवामा समर्पित भएका उपन्यासकार भीम कोइरालाका हालसालै प्रकाशित दुई उपन्यास ‘महारानी देवलदेवी’ र ‘उत्कर्षअवसान’ शनिवार एक कार्यक्रमका वीच लोकार्पण गरिएको छ । 

विराट साहित्य सङ्गम नामक संस्थाको आयोजनामा विराटनगर ४ स्थित गोग्राहा मावि बरगाछिमा शनिबार एक कार्यक्रममा दुबै उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा साहित्यकारहरु बलराम पोखरेल, ऋतु आशीक तथा एकेश्वर रेग्मीद्धारा संयुक्त रुपमा कोइरालाका कृतिको लोकार्पण गरेका थिए । 

विराट साहित्य सङ्गमका अध्यक्ष अग्रज पत्रकार तथा साहित्यकार ऋतु आशीकको अध्यक्षतामा भएको कार्यक्रममा लोकार्पण गरिएका कृति ‘महारानी देवलदेवी’ को साहित्यकार गायत्रीकुमार चापागाईं र ‘उत्कर्षअवसान’ को साहित्यकार वलराम पोखरेलले टिप्पणी गरेका थिए । 

कस्ता छन् यी उपन्यास ?

महारानी देवलदेवी (उपन्यास)

विक्रम सम्वतको चौधौं शताद्धी अर्थात आज भन्दा सातसय बर्षअगाडीको नेपालको ऐतिहासिक, राजनैतिक घटनाक्रममा आधारित भै ‘महारानी देवलदेवी’ उपन्यास लेखिएको हँदा अत्यन्त रोचक र पठनीय कृतिको रुपमा रहेको छ ।

त्यतिवेलाको काठमाण्डौं उपत्यका भित्र हुने आन्तरिक द्धन्द्ध तथा आन्तरिक द्धन्द्धले कमजोर भएको अवस्थामा स्र्रिौंनगढको तिरहुत र सिंजाली खस राज्य एवम् बंगालको सुल्तान शमसुद्दीनबाट काठमाडौं उपत्यकामा भएको पटक पटक हमला समेतको वर्णन गरिएको छ । 

साथै सिंम्रौनगढकी विधवा महारानी देवलदेवीमा आएको विभिन्न उतार चडावहरुको बिषय र त्यतिबेलाको नेपालको अवस्थाको बिषयमा सुक्ष्म किसिमले विश्लेषण गरिएको हुदा कृति अत्यन्त पठनीय रहेको छ ।

उत्कर्षअवसान (उपन्यास)

कोइरालाको अर्को कृति उत्कर्षअवसान उपन्यासको विषयवस्तु भने राजनैतिक रहेको छ । वि सं २०५२ सालदेखि २०७० सालसम्मको कालखण्डमा नेपालमा भएका राजनैतिक दाउपेच र घटनाक्रमलाई नै बिषय बनाएर लेखिएको यो कृतिको शैली ब्यङ्ग्यात्मक रहेको छ । 

पुस्तकको प्रारम्भदेखि अन्तसम्म नै ब्यङ्ग्य रहेकोले पढ्न अत्यन्त रोचक रहेको छ । 

उपन्यासमा उल्लेख भएका पात्र र प्रबृतिले सो काल खण्डको इतिहासको झल्को दिने प्रयास गरिएकोले यसलाई पनि ऐतिहासिक उपन्यास नै भन्दा पनि फरक पर्दैन जस्तो लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ