arrow

भारतमा सौर्य शिखर सम्मेलन, २३ राष्ट्रका प्रमुख सहभागी

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
solar-conference.jpg

नयाँ दिल्ली । भारतमा आइतबार पहिलो इन्टरनेशनल सोलर अलायन्स आईएसएको शिखर सम्मेलनको उद्घाटन हुँदैछ । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले उक्त शिखर सम्मेलनको उद्घाटन गर्नेछन् । 

यो सम्मेलनमा २३ राष्ट्रका राष्ट्र प्रमुखसंगै १० देशका मन्त्री गरी १२१ देशका प्रतिनिधिले भाग लिँदैछन् । 

सौय शक्तिको क्षेत्रमा भारत र फ्रान्स बढी नै पहल भएको बताइन्छ । 

तीन वर्षअघि भारतको गुडगाउँमा यसको मुख्यालय राखिएको थियो । 

सम्मेलनमा सोलर इनर्जीलाई फैलाउनेबारे, क्राउड फन्डिङ, टेक्नोलोजी ट्रान्सफर, क्रेडिट मेकानिज्मलगायतमा गम्भीर चर्चा हुनेछ । 

चीनले सबैभन्दा बढी सोलर इनर्जीको उत्पादन गर्ने गर्छ । चीनले ९८.४ प्रतिशत सोलर इनर्जी उत्पादन गर्दछ । 

त्यसपछि जापान, जर्मनी, अमेरिका र इटाली पर्दछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ