arrow

डाक्टरले घाइतेको काटिएको खुट्टालाई तकिया बनाएपछि

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
khu.JPG

झाँसी। जब घाइतेको खुट्टा काटेर तकिया बनाइन्छ तब के हुन्छ होला ? भयो त्यस्तै। भारतको उत्तर प्रदेशमा झाँसीका डाक्रटले घोर लापरवाही गरेपछि उनीहरुमाथि कार्वाही भएको छ। मानवियता नै बिर्सने गरी डाक्टरले सडक दुर्घटनामा घाइते भएका एक युवकको झाँसी मेडिकल कलेजको इमरजेन्सी वार्डमा उपचारका क्रममा युवकको काटिएको खुट्टालाई युवककै सिरानी बनाएर लगाइदिएपछि यो घटना बाहिर आएको हो। 

यो घटना बाहिर आएपछि सिनियर रेजिडेन्ट डाक्टरसमेत चार जनालाई तत्काल निलम्बन गरिएको छ। यो घटना छानबिन गर्नसमेत आदेश दिइएको छ।  झाँसीको को मउरानीपुर थानामा शनिबार बिहान एक स्कुल बस अनियन्त्रित भई पल्टँदा आधा दर्जन स्कुले विद्यार्थीसहित बसका सहायक २५ वर्षे घनश्याम घाइते भए। 

उनलाई अस्पताल लगियो। गम्भीर धनश्यामको बायाँ खुट्टा काटिएर अलग भएको थियो। उनलाई लामो समयसम्म अस्पतालमा पलंगमा राख्नुको सट्टा स्ट्रेचरमा राखियो। त्यसपछि सुरु भयो उपचार। लापरबाहीको हद तब भयो जब उनको काटिएको खुट्टालाई तकिया बनाइयो। चिकित्सकले अस्पतालमा सिरानी नभएकाले काटिएको खुट्टाकै सिरानी बनाएको घनश्यामका परिवारलाई बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ