arrow

शियोपिंगको नीतिलार्इ हत्या गरेर चिनियाँ राष्ट्रपतिको आजीवन सत्तारोहण 

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
xi_mao.jpg

काठमाडौं। सर्वमान्य नेता देंग शियोपिंगको नीतिको हत्या गर्दै चिनियाँ संसद्ले वर्तमान राष्ट्रपति सि जिनपिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो तय गरिदिएको छ।

चीनको संसदले आइतबार राष्ट्रपति र उपराष्ट्रपति पदको लागि दुई कार्यकालको निर्धारित सीमा हटाए सँगै वर्तमान राष्ट्रपति सिको आजीवन राष्ट्रपति बन्ने अभिलाषा पूरा हुने भएको हो । 

चिनियाँ संसद्को दुई तिहाई मतले दुई कार्यकालको सीमा हटाएको हो । सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाद्वारा प्रस्तावित संशोधनलाई संसद्ले पारित गर्नेमा यस अघि नै निश्चित नै भईसकेको थियो । 

पार्टीको सो प्रस्तावको समर्थनमा केन्द्रको निर्णयमा कसैले पनि विरोध नगर्ने गरेका कारण चिनियाँ संसद्का करीब तीन हजार सदस्य रहेको संसद् नेशनल पिपुल्स कांग्रेसलाई रबर स्ट्याम्प संसद् पनि भन्ने गरिएको छ।

संसदको सो सत्र सुरु हुनेवित्तिकै सीपीसीले राष्ट्रपति तथा उपराष्ट्रपतिको लागि दुईकार्यकालको सीमा हटाउने प्रस्ताव गरेका थिए । 

माओत्से तुंगको जस्तै कसैले पनि सत्ता हत्याउन नसकोस् भन्ने सोचले चीनका सर्वसम्मानित नेता देंग शियोपिंगले चीनमा राष्ट्रपति र उपराष्ट्रपतिको अधिकतम कार्यकाल १० वर्षमात्रै हुनसक्ने व्यवस्था गरेका थिए।

आईतबार पारित संविधान संशोधनले सिलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुल्ला गरेको छ । उनको अहिले दोस्रो कार्यकाल चरिहेको छ । जुन सन् २०२३ सम्म चल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ